हाम्रा मूल्यमान्यताहरु

कला र संस्कृति हाम्रो समुदायहरुको अन्तरनिहित अभिव्यक्ति हुन् र विस्तृत रुपमा परिभाषित छन् ।

कला र संस्कृति मूर्त र अमूर्त दुबै रहेका छन् र समुदायका अभ्यासमा अत्यावश्यक छन् । यी कला र संस्कृतिहरु सिकिएका, पुर्खाबाट हस्तान्तरण गरिएका र सार्वजनिक क्षेत्रबाट आकार पाएका हुन् । यिनीहरु डोजो, मन्दिर, म्युजियम जस्ता सांस्कृतिक संस्थाहरुका साथै सिंह नाच, सुँगुर रोष्ट जस्ता उत्सव र परम्पराहरु लगायत हामीले आफूभन्दा जेठाहरुलाई गर्ने अभिवादनहरुमा समेत भेटाउन सकिन्छ । कला र संस्कृति हाम्रो दिगोपन र विकाशका लागि महत्वपूर्ण रहेका छन् । र, यिनीहरुलाई बस्तुकरण, उपनिवेशीकरण र विखण्डित बनाउनुहुँदैन । यिनीहरु प्रतिरोध, एकता र नयाँ भविश्यको कल्पनाका माध्यहरु हुन् ।