CAPACD Group Photo

सन् २०१७ मा एसियन अमेरिकन र प्यासेफिक आइल्याण्डर (AAPI) समुदायका नेताहरुको सानो समुह एकजुट भएर एएपीआई क्रियटिभ प्लेसमेकिङ लर्निङ सर्कल (AAPI Creative Placemaking Learning Circle) को विजारोपण गरे । ठूला समुदायको विकाशवारेका स्थानहरुमा बहसहरु प्रायजसो सामान्यीकरण गरिएको थियो र कसरी रणनीतिहरु हाम्रो छिमेकीहरुको संस्कृति र बासिन्दाहरुसँग सांस्कृतिक रुपमा पंक्तिवद्ध र अनुकुल हुनुपर्छ भन्ने विषयमा सम्बोधन गरिएन ।

हाम्रो आशा यस्तो स्थानको श्रृजना गर्नु थियो जहाँ हाम्रा कामका हामी अद्वितीय प्रसंगहरुका वारेमा कुराकानी गर्न सकौं । र विवधताको अभ्यासकर्ताका रुपमा एकअर्कालाई सहयोग गर्न सकौं । केही छलफलहरुपछि र कलाको लागि राष्ट्रिय एन्डोमेन्ट हाम्रो शहर अवार्ड २०१९ (National Endowment for the Arts Our Town Award in 2019) को सहयोगमा लर्निङ सर्कलको औपचारिक रुपमा सुरुवात गरियो ।  लर्निङ सर्कलकाको विकाश मुलुकभर एएपीई (AAPI) समुदायको सामुहिक विकाश र संरक्षणका लागि प्रतिवद्ध झण्डै २० वटा सामुदायिक विकाश र कला सम्बन्धि संस्थाहरुको सामुहिकताबाट भएको हो ।

हाम्रो जस्तो एएपीआई (AAPI) सामुदायिक विकाश संस्थाहरुसँग हाम्रो समुदायलाई श्रृजनात्मक स्थान निर्माणको शब्दको प्रयोग गरिनुभन्दा धेरै अगाडिदेखि नै हाम्रो शारीरिक र सांस्कृतिक खजानाहरुमार्फत हेर्ने लामो समयदेखिको अभ्यास रहदै आएको छ । हाम्रो दृष्टिकोणमा कला र सांस्कृतिक परम्पराहरु सामाजिक परिवर्तन र नीतिहरुका लागि वकालत,  सामुदायिक एकताको परिणाम स्याहार्ने गाडी, आर्थिक बृद्धिा लागि परिचालन र हाम्रा एएपीआई (AAPI) स्थलहरुमा चुनौतीहरुको समाधानका रुपमा संलग्न छन् । हाम्रा छिमेकहरु र हाम्रा स्थानहरुले हाम्रो मुलुकका लागि सामाजिक, अध्यात्मिक, सांस्कृति, राजनीतिक र आर्थिक महत्व राख्ने कुरामा हामी विश्वास गर्छौं ।

हाम्रो कामको दौरानमा हाम्रा संस्थाहरुले संस्कृतिको बस्तुकरण, हल्काकरण र विस्थापनजस्ता महत्वपूर्ण चुनौतिहरुको सामना गरेका छन् । साथै परम्परागत अभ्यासहरुलाई पुनजीर्वित गर्ने सन्दर्भमा ठूला अवशरहरुको महसुस समेत गरेका छन् ।

हामीले एएपीई (AAPI) जनताहरु, हाम्रा संस्कृतिहरु, हाम्रा इतिहासहरु र हाम्रा आगामी पुस्ताहरुका लागि आशालाई केन्द्रीत  गरेर अद्वितीय दृष्टिकोण प्रदान गर्दछौं । हामी लामो समयदेखि संस्थागत नश्लवाद र उपनिवेशबाट वञ्चित गराइएका हाम्रा समुदायहरुका लागि सम्बन्धको भावना  श्रृजना गरिरहेका छौं । हाम्रो दृष्टिकोण, मूल्यमान्यता र अभ्यासले हामीले कसरी र किन समावेशी र न्यायसंगत समुदायहरुलाई टेवा र बढावा दिनेछौं भन्ने कुरा अभिव्यक्त गर्छ ।

यो अनलाइन स्थल हामी समुदायमा एकसाथ आउने एउटामात्र तरिका हो । हामीले हाम्रो सिकाईको यात्रा सन् २०१९ को अक्टोबरमा हवाईको हिलोमा सुरुवात गरेका थियौं, जहाँ हामीले सांस्कृतिक लचकताका उदाहरणहरु पत्ता लगायौं । सन् २०२० को मार्चमा हाम्रो सिकाईको बृत्त हल्काकरणको खतरालाई सम्बोधन गर्दै छिमेकको स्थीरतावारे छलफल गर्न सान फ्रान्सिस्कोको चाइनाटाउनमा एकजुट भयो । तेश्रो भेलाको योजना सन् २०२१ को शिशिरमा बनाइएको छ, जहाँ हामीले मिनेसोटाको मिनापोलिस/सेन्ट पाउलमा हाम्रा सहकर्मीहरुले नेतृत्व गरेको आर्थिक विकाशको कामबाट सिक्नेछौं ।

एकसाथ सिक्ने यो अवशर असिमित रहेको छ । यदि तपाई पनि हामीसँग समावेश हुन चाहनुहुन्छ वा सहयोगीका रुपमा हाम्रो कामलाई समर्थन गर्न चाहुनुहुन्छ भने कृपया info@nationalcapacd.org मा सम्पर्क गर्नुहोला ।

एएपीआई क्रियटिभ प्लेसमेकिङ लर्निङ सर्कल (AAPI Creative Placemaking Learning Circle)  हाम्रा सदस्यहरुसँगको सहकार्यमा विकाश गरिएको तथा कलाको लागि राष्ट्रिय एन्डोमेन्ट (The National Endowment for the Arts), नेबरवर्कस अमेरिका (NeighborWorks America) र क्रेज फाउण्डेशन (The Kresge Foundation) बाट आर्थिक रुपमा सहायताप्राप्त एसियन प्यासेफिक अमेरिकन कम्युनिटी विकाशका लागि राष्ट्रिय गठबन्धन (National Coalition for Asian Pacific American Community Development – CAPACD) को एउटा पहल हो । यसमा लोकल इनिसियटिभ सर्पोट कर्पोरेशन (Local Initiatives Support Corporation), पोलिसी लिंक (PolicyLink)  र आर्टप्लेस अमेरिका (ArtPlace America ) को पनि सहयोग प्राप्त छ ।

National CAPACD logo
Asian Economic Development Association Logo
Asian Pacific American Network of Oregon
Asia Town Cleveland Logo
Asian Arts Initivative Logo
Asian Community Development Corporation
Chhaya Logo
Chinatown Community Development Center Logo
East Bay Asian Local Development Corporation Logo
HACBED Logo
JACCC logo
Kultivate Labs Logo
Little Tokyo Service Center Logo
PAO Arts Center Logo
SCID pda Logo
Sustainable Little Tokyo logo
Thai CDC Logo
Think! Chinatown Logo
United Cambodia Community Logo
Wing Luke Museum Logo
ArtPlace Logo
The Kresge Foundation Logo
National Endowment for the Arts Logo
PolicyLink Logo
NeighborWorks America Logo
Local Initiatives Support Corporation Logo