<- back

साना व्यवसाय आयोजन

स्थानीय आप्रवासी स्वामित्वका व्यवसायहरु सामुदायिक र सांस्कृतिक आधारहरु हुन्

■ छाया सीडीसी

न्युयोर्क सिटी, न्युयोर्क, ज्याक्सन हाइट्स (क्वीन्स)

■ छाया सीडीसी

न्युयोर्क सिटी, न्युयोर्क, ज्याक्सन हाइट्स (क्वीन्स)

Keywords:

Mohammed Digital Graphic Design at Press

“म विगत १० बर्षदेखि समुदायमा रहेको छु, त्यसैले मैले विश्वास र भरोसा कायम गर्नसकेको छु । म मेरा सेवाग्राहीहरुको भाषा बोल्छु र समुदायसँग एकदमै राम्रो सम्बन्ध कायम गरेको छु । हाम्रा अधिकांश ग्राहकहरु हामीसँग प्रशन्न रहेका छन् र हामी नाफाभन्दा पनि बढी सेवामा केन्द्रीत रहेका छौं । पैसा दोश्रोमा आउँछ ।” – मोहम्मद इस्लाम, संचालक, डिजिटल ग्राफिक डिजाइन इन्क, ज्याक्सन हाइट्स, न्युयोर्क

सन् २००४ मा बंगालादेशबाट अमेरिका आएका मोहम्मदले न्युयोर्कको बंगाली समुदायलाई सेवा प्रदान गरिरहेका न्युयोर्कका सामुदायिक पत्रिकाहरु बांग्ला टाइम्स र द डेली बांग्लामा ग्राफिक डिजाइनरका रुपमा काम गरिरहेका छन् । उनले आफ्नो पहिलो व्यवसाय सन् २००७ मा घरबाटै सुरु गरेका थिए भने सन् २००९ मा उनले ज्याक्सनहाइटमा स्टोर खोले ।  मोहम्मदको डिजिटल प्रिन्टिङ व्यवसायले छाया सीडीसी, समुदायमा आधारित व्यवसाय र संघसंस्था एवं स्थानीय बासिन्दाहरुका साना मुद्रण आवश्यकताहरु पूरा गर्छ ।

एउटा सानो मुद्रण व्यवसाय समुदायिक आधारका रुपमा तत्काल दिमागमा नआउन सक्छ । यद्यपी यो ठ्याक्कै त्यस्तै हो । मोहम्मदले स्थानीय नेपाली र बंगालादेशी संघसंस्थाहरु र क्लबहरुलाई छपाई सेवा प्रदान गर्छन् । साझा सांस्कृतिक, भाषिक र धार्मिक पहिचानहरुका कारण विश्वसनीय सम्बन्धको स्थापना भएको छ । मोहम्मदका अनुशार ज्याक्सन हाइट्सका अन्य स्थानीय साना प्रिन्टरहरुले पनि उनका लागि काम गर्न सुरुवात गरे भने आफै साना व्यवसायका मालिक र उद्यमीबन्नका लागि शाखाहरु बन्द गरे ।

“यहाँ (भान्छाघर रेष्टुरेण्टमा) म मेरो समाजका लागि भेटघाटहरु गर्छु …. म उनीहरुलाई यहाँ बोलाउँछु । हामी यहाँ खान्छौं । हामी यहाँ बस्छौं र छलफल गर्छौं । ……..काम नभएकाहरुलाई म काम दिलाउँछु । सुत्ने स्थान नभएकाहरुलाई म ठाउँ खोजिदिन्छु ।”

यमुना श्रेष्ठ, संचालक, नेपाली रेष्टुरेण्ट भान्छाघर

 

“संकटले पूर्व अवस्थित मुद्दाहरुलाई बढावा दिइरहेको छ । मैले व्यवसायहरुबाट सुनेका दुईवटा मुख्य कुराहरु यी हुन् कि उनीहरुलाई अब भाडा कसरी तिर्ने वा कामदारलाई कसरी तलब दिने भन्ने सन्दर्भमा थाहा छैन ।”

श्रीमा पाण्डे
छाया सीडीसी
साना व्यवसाय आयोजन

सन् २००० मा स्थापना भएको छाया सीडीसीले दक्षिण एसियाली मूलका न्युयोर्कबासीहरुसँगै आर्थिकरुपमा स्थीर समुन्नत समुदायहरुको स्थापनाका लागि वकालत गर्दै आएको छ । महत्वपूर्ण अनुसन्धान र नीतिगत वकालत समर्थित छाया सीडीसीको दृष्टिकोण समग्र रहेको छ भने प्रत्यक्ष सेवाहरु र सामुदायिक आयोजनलाई जोड्छ । छायाले आफ्नो कामलाई धेरैजसो क्वीन्सको ज्याक्सन हाइट्समा केन्द्रीत गर्दै आएको छ, जुन मुलुककै सबैभन्दा बढी विविध छिमेकहरुमध्येको एक हो ।

यो छिमेकसँग १ हजारभन्दा धेरै पसलहरु र एकसयभन्दा धेरै सडक पेटीका बिक्रेताहरु रहेको चलायमान व्यवसायिक डिस्ट्रिक्ट रहेको छ । ८० प्रतिशतभन्दा धेरै व्यापारीहरुसँग ५ वा त्योभन्दा कम कामदारहरु रहेका छन् भने ७० प्रतिशतभन्दा बढी सडकपेटीका बिक्रेताहरु ज्याक्सन हाइट्समा रहेका छन् । जब महामारी आयो, यसले स्थानीय, साना तथा आप्रवासीहरुले संचालन गरेका व्यवसायहरुमा असमानुपातिक तरिकाले नकारात्मक प्रभाव पार्यो । जसले गर्दा साना व्यवसाय संगठनात्मक प्रयासमा छायालाई कदम चाल्ने र अगाडि बढ्ने अवस्था आयो ।

साना व्यवसाय आयोजनको मोडल प्राविधिक सहायता वा प्रत्यक्ष सेवा जस्तो दुरुस्त होइन । यो एकपटकको सेवाप्रदान गर्ने सिमाहरुभन्दा पर जान्छ भने केही मामलाहरुमा प्रबन्धकको रुपमा काम गर्दै एकअर्कालाई जोड्ने काम गर्छ । छायाले साना व्यवसायहरुलाई उनीहरुको आवश्यकता पहिचानमा सहयोग गरेर सामान्य सिफारिसको साटो उनीहरुलाई कानूनी सेवा वा वित्तिय संस्थाहरुसँग अधिकतम बृहत एवं व्यक्तिगत पहुचबाट जोड्दै समग्र दृष्टिकोण प्रदान गर्छ ।

विशेष गरी महामारीको समयमा छायाको एउटा भूमिका साना व्यवसायहरुलाई छिटो छिटो परिवर्तन भइरहेका नीति नियमहरुवारे सुचित गर्ने, उनीहरुलाई सार्वजनिक तथा निजी श्रोतहरुसँग जोड्ने एवं उनीहरुलाई साना व्यवसाय ऋण, अनुदानका लागि आवेदनमा सघाउने, र प्राविधिक सहयोग उपलब्ध गराउने रहेको छ । त्यसका अतिरिक्त छायाले साना व्यवसायसँग एकीकृत आवाज उठाउन, साना व्यवसायका रुपमा एकअर्काबीच सम्बन्ध विस्तार गर्न र अन्तत सामूहिक राजनीतिक शक्ति स्थापनाका लागि काम गर्छ । उदाहरणका लागि छायाले साना व्यवसाय एनआरसी गठबन्धनका लागि एकता र यसको व्यवसायिक भाडा रद्द अभियानमा सदस्यका रुपमा काम गरेको छ ।

डाइभर्सिटी प्लाजा
सार्वजनिक स्थलमा आउँदा साना व्यवसायहरुका अद्धितीय आवश्यकताहरु र चासो हुने कुरालाई मान्यता प्रदान गर्दै छायाले ज्याक्सन हाइट्समा डाइभर्सिटी प्लाजाको योजना प्रकृया र डिजाइनमा अन्यका साथमा साना व्यवसायहरुलाई संलग्न गराउनमा विशेष समन्वयको भूमिका पूरा गरेको थियो । डाइभर्सिटी प्लाजा सुरुमा सन् २०१२ मा खुला गरिएको थियो ।  यो स्थानियहरुले दैनिकरुपमा र सामुदायिक कार्यक्रम र जमघटका लागि व्यापक रुपमा प्रयोग गर्ने पैदलयात्रीहरुमात्र जान मिल्ने सार्वजनिक स्थल हो ।

लक्ष्यहरु

  • प्राथमिकरुपमा ज्याक्सन हाइट्समा रहेका दक्षिण एसियाली साना व्यवसायहरुलाई विद्यमान साना व्यवसाय सेवा र श्रोतहरुसँग एकअर्कामा साथै ज्याक्सन हाइट्सका छिमेकहरुसँग जोड्ने ।
  • ज्याक्सन हाइट्समा आप्रवासी साना व्यवसायहरुको विस्थापन रोक्ने ।

 

पाठहरु

  • स्थानीय रुपमा किनमेल गर्ने तथा स्थानीय अस्पतालहरु एवं सेवाहरु प्रयोग गर्नेहरु जो छिमेकमा बस्ने र काम गर्ने स्थानीय व्यवसायका संचालकहरु हुन्, उनीहरु समुदायको एकता र स्थायीत्वका लागि अमूल्य छन् । ती व्यवसाय संचालकहरुले छिमेकमा त्यस्ता तरिकाले लगानी गरेका छन्, जुन तरिकाले राष्ट्रिय चेन विजनेशहरु र अन्य गैर स्थानीय संचालकहरुले लगानी गरेका छैनन् ।
  • साना व्यवसायको आयोजन सहज छैन । र निवासीहरुको आयोजनमा लामो इतिहास भएजस्तै साना व्यवसायहरुको आयोजनको लामो इतिहास छैन । साथै ती उस्तै पनि छैनन् । व्यवसायका संचालकहरु प्राय व्यवसायको स्थापना र संचालनलाई उनीहरुको व्यक्तिगत छनौटका रुपमा लिन्छन्, जसले गर्दा अरु व्यवसाय संचालकहरुसँग जोडिन र संगठित हुनका लागि अधिक प्रारम्भिक प्रतिकुलता निम्त्याउन सक्छ ।
  • ज्याक्सन हाइट्स दक्षिण एसियाली समुदायमात्र होइन । हामी जातीय र भाषिकरुपमा धेरै विविध छौं ।  हाम्रा विभिन्न प्रकारका व्यवसायका संचालकहरुको क्षमताहरुमा धेरै विविधता रहेको छ । हाम्रो आफ्नै कामदारहरुको क्षमता र भाषाको प्रवाहका कारण हामीले हाम्रा प्रयासहरु दक्षिण एसियाली साना व्यवसायहरुमा केन्द्रीत गर्नुपरेको हो । परिणामस्वरुप हामीले आप्रवासीहरुले संचालन गरेका अन्य व्यवसायहरुलाई सहयोग गर्न सकेका छैनौं ।