सन् २०१७ मा एसियन अमेरिकन र प्यासेफिक आइल्याण्डर (AAPI) समुदायका नेताहरुको सानो समुह एकजुट भएर एएपीआई क्रियटिभ प्लेसमेकिङ लर्निङ सर्कल (AAPI Creative Placemaking Learning Circle) को विजारोपण गरे । ठूला समुदायको विकाशवारेका स्थानहरुमा बहसहरु प्रायजसो सामान्यीकरण गरिएको थियो र कसरी रणनीतिहरु हाम्रो छिमेकीहरुको संस्कृति र बासिन्दाहरुसँग सांस्कृतिक रुपमा पंक्तिवद्ध र अनुकुल हुनुपर्छ भन्ने विषयमा सम्बोधन गरिएन ।
हाम्रो आशा यस्तो स्थानको श्रृजना गर्नु थियो जहाँ हाम्रा कामका हामी अद्वितीय प्रसंगहरुका वारेमा कुराकानी गर्न सकौं । र विवधताको अभ्यासकर्ताका रुपमा एकअर्कालाई सहयोग गर्न सकौं । केही छलफलहरुपछि र कलाको लागि राष्ट्रिय एन्डोमेन्ट हाम्रो शहर अवार्ड २०१९ (National Endowment for the Arts Our Town Award in 2019) को सहयोगमा लर्निङ सर्कलको औपचारिक रुपमा सुरुवात गरियो । लर्निङ सर्कलकाको विकाश मुलुकभर एएपीई (AAPI) समुदायको सामुहिक विकाश र संरक्षणका लागि प्रतिवद्ध झण्डै २० वटा सामुदायिक विकाश र कला सम्बन्धि संस्थाहरुको सामुहिकताबाट भएको हो ।
हाम्रो जस्तो एएपीआई (AAPI) सामुदायिक विकाश संस्थाहरुसँग हाम्रो समुदायलाई श्रृजनात्मक स्थान निर्माणको शब्दको प्रयोग गरिनुभन्दा धेरै अगाडिदेखि नै हाम्रो शारीरिक र सांस्कृतिक खजानाहरुमार्फत हेर्ने लामो समयदेखिको अभ्यास रहदै आएको छ । हाम्रो दृष्टिकोणमा कला र सांस्कृतिक परम्पराहरु सामाजिक परिवर्तन र नीतिहरुका लागि वकालत, सामुदायिक एकताको परिणाम स्याहार्ने गाडी, आर्थिक बृद्धिा लागि परिचालन र हाम्रा एएपीआई (AAPI) स्थलहरुमा चुनौतीहरुको समाधानका रुपमा संलग्न छन् । हाम्रा छिमेकहरु र हाम्रा स्थानहरुले हाम्रो मुलुकका लागि सामाजिक, अध्यात्मिक, सांस्कृति, राजनीतिक र आर्थिक महत्व राख्ने कुरामा हामी विश्वास गर्छौं ।
हाम्रो कामको दौरानमा हाम्रा संस्थाहरुले संस्कृतिको बस्तुकरण, हल्काकरण र विस्थापनजस्ता महत्वपूर्ण चुनौतिहरुको सामना गरेका छन् । साथै परम्परागत अभ्यासहरुलाई पुनजीर्वित गर्ने सन्दर्भमा ठूला अवशरहरुको महसुस समेत गरेका छन् ।
हामीले एएपीई (AAPI) जनताहरु, हाम्रा संस्कृतिहरु, हाम्रा इतिहासहरु र हाम्रा आगामी पुस्ताहरुका लागि आशालाई केन्द्रीत गरेर अद्वितीय दृष्टिकोण प्रदान गर्दछौं । हामी लामो समयदेखि संस्थागत नश्लवाद र उपनिवेशबाट वञ्चित गराइएका हाम्रा समुदायहरुका लागि सम्बन्धको भावना श्रृजना गरिरहेका छौं । हाम्रो दृष्टिकोण, मूल्यमान्यता र अभ्यासले हामीले कसरी र किन समावेशी र न्यायसंगत समुदायहरुलाई टेवा र बढावा दिनेछौं भन्ने कुरा अभिव्यक्त गर्छ ।
यो अनलाइन स्थल हामी समुदायमा एकसाथ आउने एउटामात्र तरिका हो । हामीले हाम्रो सिकाईको यात्रा सन् २०१९ को अक्टोबरमा हवाईको हिलोमा सुरुवात गरेका थियौं, जहाँ हामीले सांस्कृतिक लचकताका उदाहरणहरु पत्ता लगायौं । सन् २०२० को मार्चमा हाम्रो सिकाईको बृत्त हल्काकरणको खतरालाई सम्बोधन गर्दै छिमेकको स्थीरतावारे छलफल गर्न सान फ्रान्सिस्कोको चाइनाटाउनमा एकजुट भयो । तेश्रो भेलाको योजना सन् २०२१ को शिशिरमा बनाइएको छ, जहाँ हामीले मिनेसोटाको मिनापोलिस/सेन्ट पाउलमा हाम्रा सहकर्मीहरुले नेतृत्व गरेको आर्थिक विकाशको कामबाट सिक्नेछौं ।
एकसाथ सिक्ने यो अवशर असिमित रहेको छ । यदि तपाई पनि हामीसँग समावेश हुन चाहनुहुन्छ वा सहयोगीका रुपमा हाम्रो कामलाई समर्थन गर्न चाहुनुहुन्छ भने कृपया info@nationalcapacd.org मा सम्पर्क गर्नुहोला ।
एएपीआई क्रियटिभ प्लेसमेकिङ लर्निङ सर्कल (AAPI Creative Placemaking Learning Circle) हाम्रा सदस्यहरुसँगको सहकार्यमा विकाश गरिएको तथा कलाको लागि राष्ट्रिय एन्डोमेन्ट (The National Endowment for the Arts), नेबरवर्कस अमेरिका (NeighborWorks America) र क्रेज फाउण्डेशन (The Kresge Foundation) बाट आर्थिक रुपमा सहायताप्राप्त एसियन प्यासेफिक अमेरिकन कम्युनिटी विकाशका लागि राष्ट्रिय गठबन्धन (National Coalition for Asian Pacific American Community Development – CAPACD) को एउटा पहल हो । यसमा लोकल इनिसियटिभ सर्पोट कर्पोरेशन (Local Initiatives Support Corporation), पोलिसी लिंक (PolicyLink) र आर्टप्लेस अमेरिका (ArtPlace America ) को पनि सहयोग प्राप्त छ ।